दफा
महालेखा परीक्षकले औचित्यको दृष्टिकोणबाट परीक्षण गर्ने कुराहरु

(१) देहायका कुराहरुको सम्बन्धमा महालेखा परीक्षकले औचित्यको विचार गरी परीक्षण गर्नेछः– (क) निकासा अनुसार खर्च गरेको भएतापनि बेमुनासिब तरिकाले वा चल अचल राष्ट्रिय धन बरबाद हुने गरी खर्च भएको महालेखा परीक्षकको चित्तले देखेमा त्यस्तो खर्च र निकासाको सम्बन्धमा, र (ख) चल अचल राष्ट्रिय धनको अनुदान वा राजस्वको अभिहस्ताड्ढन वा खानी, जङ्गल, जलशक्ति आदिको सुविधा प्रदान सम्बन्धमा पट्टा, लाइसेन्स, अधिकार र कुनै अन्य प्रकारबाट राजस्व वा चल अचल राष्ट्रिय धन त्याग गर्ने गरी जारी गरिएका सबै निकासाहरुको सम्बन्धमा ।
(२) आय व्यय सम्बन्धी लेखापरीक्षणको काम हु“दा बेरुजूका सामान्य कलमहरु र औचित्यको दृष्टिकोणबाट महालेखा परीक्षकले उल्लेखनीय नदेखेका अन्य कलमहरु समेत आÇनो प्रतिवेदनमा नपार्न पनि सक्नेछ ।